१० सहसचिव,१० उपसचिवको सरुवा

न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ । शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो । सरुवा हुनेमा राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका १० जना छन्।

बिज्ञापन

सूची अनुसार,सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकिल कार्यालय, विराटनगर सरूवा भएका छन्। यस्तै सहन्यायाधिवक्ता राजनराज घिमिरे उच्च सरकारी वकील कार्यालय, बाग्लुङबाट उच्च सरकारी वकिल कार्यालय, जनकपुर पुगेका छन्। सहन्यायाधिवक्ता गोविन्दराज गौली उच्च सरकारी वकिल कार्यालय, बुटवलबाट उच्च सरकारी वकिल कार्यालय, पोखरा पठाइएका छन्।

बिज्ञापन

सहन्यायाधिवक्ता, सोमकान्ता भण्डारी महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालय, बुटवल सरूवा भएका छन्। सहन्यायाधिवक्ता यदुनाथ शर्मा उच्च सरकारी वकिल कार्यालय, पोखराबाट महान्यायाधिवक्ताको कार्यालय र सहन्यायाधिवक्ता कोषहरि निरौला उच्च सरकारी वकिल कार्यालय, जनकपुरबाट बाग्लुङ पुगेका छन्।

सहन्यायाधिवक्ता मीना गुरुङको उच्च सरकारी वकिल कार्यालय, धनकुटाबाट महान्यायाधिवक्ताको कार्यालय, रामशाहपथमा सरूवा भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो । न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ ।

बिज्ञापन

न्याय-सेवा-आयोगको-निर्णय-मिति-२०८१०४३२

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष