भरतपुरका लेखा अधिकृत र एकान्तकुनाका कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार एक जना लेखा अधिकृत र अर्काे कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा चलाएका छ । अख्तियारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला र यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले क्यान्सर अस्पतालको लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग नगद एक लाख ५० हजार रुपैयाँ र चार लाख ५० हजारको बैंक चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

थप अनुसन्धान हुँदा अस्पतालमा औषधि सप्लाई गरेवापत नियमअनुसार पाउनुपर्ने रकमको भुक्तानी दिनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरी नगद डेढ लाख र साढे चार लाख रुपैयाँको चेक लिएको पुष्टि भएसँगै अख्तियारले आज मुद्धा विशेषमा लगेको हो ।

यता, चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष