एभरेष्ट बैंक बन्यो सर्वाधिक सेयरमूल्य भएको वाणिज्य बैंक

एभरेष्ट बैंकको सेयरमूल्य ३ वर्षकै उच्च कायम भएको छ । हाल दोस्रो बजारमा बैंकको सेयरमूल्य प्रतिकित्ता ७०३ रुपैयाँ कायम भएको छ । आजको कारोबारमा बैंकको सेयरमूल्यमा कुनै पनि परिवर्तन भएन ।

बिज्ञापन

यससँगै एभरेष्ट बैंकको सेयरमूल्य नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकहरुमध्ये सर्वाधिक सेयरमूल्य भएको बैंक बनेको छ । बैंकले स्ट्याण्डर्ड चाटर्ड बैंकलाई पछि पार्दै यो उपलब्धि हासिल गरेको हो ।

बिज्ञापन

आज स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य १.३८ प्रतिशत अर्थात प्रतिकित्ता ९.३८ रुपैयाँले घटेको छ । यो गिरावटसँगै बैंकको सेयरमूल्य प्रतिकित्ता ७००.३० रुपैयाँमा सीमित बनेको छ ।

यसअघिको १८८१ को बुलमा एभरेष्ट बैंकको सेयरमूल्य प्रतिकित्ता ३६ सय रुपैयाँसम्म पुगेको थियो ।

बिज्ञापन

यस्तै उच्च मूल्य सेयर हुने वाणिज्य बैंकमा नबिल बैंक तेस्रो स्थानमा रहेको छ । यो बैंकको सेयरमूल्य प्रतिकित्ता ६४८ रुपैंयाँ रहेको छ । यस्तै एनआइसी एशिया बैंकको सेयरमूल्य प्रतिकित्ता ५१६ रुपैंया, एसबिआई बैंकको ४५१ रुपैंयाँ, सिद्धार्थ बैंकको ३४४ रुपैंयाँ रहेको छ । अन्य बाणिज्य बैंकहरुको सेयर भाउ भने हालसम्म पनि ३ सय तल नै रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष