दुई सहसचिवले दिए राजीनामा

निजामती सेवाका दुई सहसचिवले राजीनामा दिएका छन् ।

बिज्ञापन

सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले राजीनामा दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको छ ।

बिज्ञापन

इन्दु शिक्षा र धमला प्रशासन सेवाका कर्मचारी हुन् ।सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा रमेश आचार्यलाई नियुक्त गरेको छ ।

बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

बिज्ञापन

उनका अनुसार भू-उपयोग ऐन २०७६ को दफा १४ को उपदफा १ को खण्ड ‘ञ’ बमोजिम संघीय भू-उपयोग परिषद्को सदस्यमा डा.रेवतीरमण पौडेल, डा.यमुना घले, डा.रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष