संघीय निजामती ऐन संसद्मा दर्ता गर्ने तयारीमा छौं : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

बिज्ञापन

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्यसलाई सदनमा प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको बताएका हुन् ।

बिज्ञापन

सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण रहेको भन्दै सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको दाहालको दाबी थियो ।

उनले भने, ‘मेरो नेतृत्वको सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण,सबै तहमा विकास चुस्त र गतिशिल बनाउने , लोकतान्त्रिक पद्धतिको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पु¥याउने, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अवलम्बन गर्दै राष्ट्रियहितको रक्षा गर्न प्रतिबद्ध सरकार रहेको छ ।’

बिज्ञापन

प्रधानमन्त्री दाहालले तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए ।

उनले भने,‘तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको बजेट सिलिङ ,विषय क्षेत्र र प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष