लक्ष्मी सनराइज बैंकको नाफा र आम्दानीमा सुधार

लक्ष्मी सनराइज बैंकले गत आवको चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा र आम्दानी बढेको छ ।

बिज्ञापन

बैंकले चौथौ त्रैसमासम्ममा ३ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब २८ करोड रुपैयाँको तुलनामा ३२.७८ प्रतिशतले बढी हो ।

बिज्ञापन

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १०३.९६ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ६८ प्रतिशतले बढेर १० अर्ब ६५ करोड र सञ्चालन मुनाफा पनि ३५.९८ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

१ अर्ब २८ करोड रुपैयाँबराबरको रिटेन्ड अर्निङ भएको बैंकको रिजर्भमा १६ अर्ब २८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा २ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै बैंकले कर्जा विस्तारलाई पनि २ खर्ब ४७ अर्बबाट बढाएर २ खर्ब ५० अर्ब रुपैयाँ पुर्याएको छ ।

बिज्ञापन

चौथौ त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड रुपैयाँ र लाभांश क्षमता ५.५५ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात २.९१ प्रतिशतबाट बढेर ४.७२ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १३.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.३७ गुणा र तरलता अनुपात ३४.०८ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष