प्रतिकूल बकपत्र गर्ने दुई सरकारी साक्षीविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा २ सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत्रमा पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकायालाई पोखरा ५, मालेपाटनबाट १ लाख ५० हजार घूससहित पक्राउ गरेको थियो । करिब ४ बर्ष अगाडी आयोगको परिक्षामा गण्डकी प्रदेशबाट सब ईन्जिनियरमा उतिर्ण भई स्थायी नियुक्ति प्राप्त गरेर बिरुवा गाउँपालिका स्याङ्जामा पदस्थापन भएकी उनी पछि पोखरा महानगरपालिकामा कार्यरत रहँदा घुससहित फन्दामा परिन ।पोखरा महानगरपालिका १० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्रका लागि शिवप्रसाद बराल, उषाकिरण रोकाया र सुरज कुँवरले ३ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले मुद्दा चलाएको थियो अख्तियारले । आयोगले सो मुद्धामा सवइन्जिनियर उषाकिरण रोकाया सरकारी साक्षीका रुपमा चितवनको कालिका नगरपालिका ६ घर भई हाल पोखरा महानगरपालिका १० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेललाई उपस्थित गराएको थियो ।

बिज्ञापन

तिवारी र पौडेलले आयोगमा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनीहरूले प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा उनीहरूसँग साढे तीन लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष