आफ्नै स्टाफ ताक्ने हाकिमको जागिर गयो

कडा अनुशासनको घेराभित्र रहने भनिएको नेपाली सेनामै यौन विचलनको घटना पटक पटक सार्वजनिक हुन थालेका छन् । यस्तै यौन विचलनमा पर्दा सेनाका एक जना हाकिमले जागिर गुमाएका छन । तीन बर्ष अगाडि नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेकै शैलीमा यस पटक अर्काे हाकिमको जागिर गएको छ ।

बिज्ञापन

संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले बर्खास्त गरेको थियो । यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत थिए । सोही र उस्तै प्रकृतिको घटना फेरि पनि दोहोरियो नेपाली सेनामा । घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मी ताक्ने प्रमुख सेनानी विशेष पौडेलले जागिर गुमाएको नेपाली सैनिक मुख्यालय स्रोतले पुष्टि गरेको छ ।

बिज्ञापन

दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको स्रोतले बतायो । काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला बन्दोबस्ती कार्य सिपाहीले केही महिनाअगाडि उजुरी दिएकी थिइन् । त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । कारबाहीस्वरुप जागिरबाट निकालिएको छ । उहाँले पेन्सन पनि पाउनुहुन्न । दुई महिना थुनामा राखेर गरिएको अनुसन्धानपछि सैनिक अदालत यो नतिजामा पुगेको हो ।’

अनुसन्धानका क्रममा उनको कसूर पुष्टि भएपछि अदालतले सेवाबाट हटाएको हो । भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिनेगरी सेवाबाट हटाइएको सैनिक मुख्यालय स्रोतको भनाइ छ । पौडेलले पेन्सनबाट  समेत बञ्चित भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष