मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको हो ।
बिज्ञापन
छनोट भएका पुस्तकहरूमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापाको सन्त्रासका साठी दिन रहेका छन् । गुठीलाई कूल ३०४ पुस्तकहरू प्राप्त भएका थिए।
बिज्ञापन
छनोटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ । पुरस्कार राशि चार लाख रुपैयाँ रहेको छ ।