उपसचिव,लेखा अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले काम नगरी भुक्तानी दिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,लेखापालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियारले मुद्धा चलाएकामा प्रमुख प्रशसकीय अधिकृत सहितका कर्मचारीहरु धनुषाको मिथिला बिहारी नगरपालिकाका हुन । विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाषकुमार झासहित ४ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएको छ ।

बिज्ञापन

यस्तै यादव, झाका साथै जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव र होजियारी उद्योग, जनकपुरधाम(२ का प्रोप्राइटर रामसुन्दर साह तेलीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०७९र०८० मा उक्त नगरपालिकाको वडा नम्बर ९ मा सञ्चालित विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको हो ।​​ विद्यालयमा पोशाक खरिद गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तीमा ३ वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउ पत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनु पर्नेमा सो नगरेको अभियोगपत्रमा उल्लेख छ ।

बिज्ञापन

खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकनसमेत नगराइ कार्यालयको टिप्पणी आदेशमार्फत मूल्यांकन गरी पेन्ट, स्कर्ट, सर्ट, जुत्ता, टाई, बेल्ट र मोजासमेत गरी ७ प्रकारका पोशाक सामग्री एकमुस्ट रुपमा २९५ सेट बापत ९ लाख ९६ हजार ६६० रुपैयाँ भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष