बयान फेर्ने सरकारी साक्षीविरुद्ध अख्तियारले चलायो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले घुस-रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेको बाँकेको डुडुवा गाउँपालिका–१६, का मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।

बिज्ञापन

आयोगको नेपालगञ्जबाट खटिएको टोलीले गत माघ ११ गते सब–डिभिजन वन कार्यालय, राँझाका तत्कालिन सहायक वन अधिकृत नारायण पार्धेलाई सात हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अख्तियारका अनुसार सो रकम पाण्डेले काठ चिरानको सिफारिसबापत उनलाई दिएको अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन

विशेष अदालत काठमाडौंमा वन अधिकृत पार्धेविरुद्ध मुद्दा दर्ता गर्ने समयमा सोही बयान दिएका पाण्डेले अदालत पुगेपछि भने बयान फेरेका हुन् । उनले आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

‘निजले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा निज मकरध्वज पाण्डेले काठ चिरानको सिफारिसबापत सात हजार रुपैयाँ घुस÷रिसवत प्रतिवादी नारायण पार्धेलाई दिइएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिमको कसुर रहेको,’ अख्तियारले भनेको छ ।

बिज्ञापन

सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय गरी घुस रकम जफत गर्न मागदाबीसहित अख्तियारले आज विशेष अदालत काठमाडौंमा पाण्डेविरुद्ध आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष