कर्मचारी सरुवा:- पति–पत्नीलाई अनुकूल मिलाइने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका निकायले जथाभावी रूपमा कर्मचारी सरुवा गर्न थालेपछि सरकारले त्यसमा कडाइ गरेको छ।

बिज्ञापन

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड नबनाउँदासम्म सबै खाले सरुवामा रोक लगाएको छ। केही दिनअघि तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सरुवा मापदण्ड नवाउँदासम्म सबैखाले सरुवामा रोक लगाउने निर्णय गरेको हो ।

बिज्ञापन

आर्थिक वर्ष २०७९\८० मा मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित १ हजार ९५४ जना र राजपत्रअनंकित तथा श्रेणीविहीन १ हजार ३४७ जना कर्मचारीको सरुवा गर्दा अधिकांश सरुवा नियमविपरीत गरेको पाइएको छ।

उपत्यका र सुगम ठाउँबाट अन्यत्र सरुवा हुन निवेदन दिनेलाई प्राथमिकता दिइने मापदण्डमा भनिएको छ । मस्यौदाअनुसार मापदण्ड बनेमा श्रीमान्-श्रीमतीलाई सम्भव भएसम्म अनुकूल निकायमा सरुवा गरिनेछ ।

बिज्ञापन

कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, हलुका सवारी चालक र कार्यालय सहयोगीको सरुवा सामान्यतः नगर्ने भनिएको छ । सरुवा गर्नुपरेको खण्डमा रिक्त भए‌को जानकारी पनि निवेदनसँगै अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएकोछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष