बर्ष दिनमै ४५ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा,२८ अझैं निलम्बित

भ्रष्टाचार मुद्धा लागेर तीन वटा नगरपालिकाको प्रमुख उपप्रमुख निलम्बनमा परेका छन् । यही महिनामात्र गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र उपमेयर मुना नेपालसहितका १४ विरुद्ध भ्रष्टाचार मुद्धा चलेर उनीहरु निलँम्बनमा छन् । यस्तै बाग्मती गाउँपालिकाको मेयर,उपमेयर नै भ्रष्टाचार मुद्धामा परेर निलम्बनमा परेका छन् । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख र उपप्रमुख भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि तीन वटै नगरपालिका नेतृत्वविहीन रहँदा कार्यवाहक तोक्ने विषयमा बाँकी जनप्रतिनिधिबीच हानथाप चलेको हो ।

बिज्ञापन

यता पछिल्लो ११ महिनाको अवधिमा भ्रष्टाचार मुद्दा लागेर अहिले स्थानीय तहका २८ प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा छन् । सामान्य प्रशसनका अनुसार यो आर्थिक बर्षको ११ महिनाको अवधिमा भ्रष्टाचार मुद्दा दायर भएपछि ४५ प्रमुख प्रशासकीय अधिकृत र ७६ अन्य तहका कर्मचारी निलम्बनमा परेका थिए । निलम्बित हुनेमा उपसचिव तहका प्रमुख प्रशासकीय १२ जना, शाखा अधिकृत तहका सातजना र निमित्त प्रमुख प्रशासकीय अधिकृत ११ जना थिए । त्यस्तै, तह नखुलेका प्रमुख प्रशासकीय अधिकृत १५ जना थिए ।

बिज्ञापन

यसबीचमा १७ प्रमुख प्रशासकीय अधिकृतले भने अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा भएको छ । उपसचिव तहका ११ जना, शाखा अधिकृत तहका आठ र निमित्त प्रमुख प्रशासकीय अधिकृत आठजनाको मुद्दा भने विचाराधीन नै छ । उनीहरू निलम्बनमै छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष