अर्काे मेयरविरुद्ध ३० करोड भ्रष्टाचारको मुद्धा

गोदावरी नगरपालिकाको मेयर,उपमेयरसहितका कर्मचारीविरुद्ध अर्वौ भ्रष्टाचार मुद्धा चलाएको अख्तियारले अर्काे बहालवाल मेयरविरुद्ध दोश्रो मुद्धा चलाएको छ ।

बिज्ञापन

यस अघि नै भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ ।
गत चैत २८ गते अख्तियारले गैरकानूनी रुपमा सम्पत्ति आयआर्जन गरेको भन्दै पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो मागदाबीसहित प्रमुख थापाविरुद्ध मुद्दा हालेसँगै उनी निलम्बनमा परेका छन् ।

बिज्ञापन

उनै थापासहितका जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रतिवादी बनाउँदै अख्तियारले दोश्रो भ्रष्टाचार मुद्धा आज चलाएको हो । अख्तियारले आज आज विशेष अदालत काठमाडौंमा उनीसहित ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इञ्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

बिज्ञापन

बागमती नगरपालिका–४ र १२ मा अवस्थित बागमती माछापोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् गरिएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्रीवितरणमा उनीहरुले करोडौं भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष