सार्वजनिक यातायातलाई अपांगमैत्री बनाउन गृहको निर्देशन

सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको हो ।

बिज्ञापन

सार्वजनिक यातायातलाई अपांगता र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्‍याम्प राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायीसम्बद्ध संघ–संस्थाहरूलाई निर्देशन गर्नका निम्ति यही जेठ १७ गते सचिवस्तरीय निर्णय गरी पत्रचार गरिएको जनाइएको छ ।

बिज्ञापन

 

अपांगता भएका तथा अशक्त व्यक्तिहरूलाई आवागमनमा सहज होस् भन्नका निम्ति सार्वजनिक बसमा अनिवार्य अपांगतामैत्री र्‍याम्प राख्न निर्देशन दिइएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनले भने, “परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपांग र अशक्त भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो ।”

बिज्ञापन

समाज तथा राज्यले समेत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरूलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृहसचिव अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष