साँझ विपक्षी दलको बैठकमा नेपाल,बिहान प्रधानमन्त्री क्वार्टरमा झलनाथ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको भोलिपल्टै एसका सम्मानिता नेता झलनाथ खनाल वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेर फर्किएका छन् ।

बिज्ञापन

विपक्षी दलको बैठकमा सहभागी हुन अध्यक्ष नेपाल हिजो बूढानिलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा पुगेका थिए । त्यहाँ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेर मधेश प्रदेशको सरकार जोगाउने सहमति गरेर उनी फर्किएका बताइन्छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपालका सरोज यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई निरन्तरता दिनकै लागि देउवा निवासमा छलफल भएको थियो । त्यस छलफलमा जसपाका उपेन्द्र यादवसहित, लोसपाका महन्थ ठाकुर र एसका माधव नेपाल पनि थिए । मेटमणि चौधरीसहित त्यहाँ पुगेका उनले जसपा विभाजनपछि अन्योल थपिएको बताएका थिए ।देउवाले बोलाएर यादवको सरकार जोगाउन सहमति जुटाइदिए ।

बिज्ञापन

यता आज बिहान समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता गरेर फर्किएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा सहभागी एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद छ । खासगरी सरकार सञ्चालनका विषयमा प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष