१७ दिनमै सरुवा लिएर फर्किए अर्थसचिव

२०८१ बैशाख २७ गते कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा हाजिर भएका अर्थसचिव विष्णुप्रसाद पौडेल १७ दिनमै फर्किएका छन् ।  ०७४ सालयता अर्थ मन्त्रालयमा १२ वटा सचिव फेरबदल भएका मध्य पौडेल सबैभन्दा कम समय कर्णालीमा बस्ने सचिव हुन् ।

बिज्ञापन

पहिलो अर्थ सचिवका रूपमा आएका ढुण्डीप्रसाद निरौला ०७४ माघदेखि ०७६ वैशाख १२ गतेसम्म बसे ।सन्तबहादुर सुनार ०७६/०१/१५ देखि २०७६/०५/१७ सम्म, विष्णुप्रसाद नेपाल ०७६/०५/२६ देखि ०७७/०१/०८ सम्म, घनश्याम उपाध्याय ०७७/०१/१४ देखि २०७७/११/१४ सम्म, हिरालाल रेग्मी ०७७/११/२० देखि ०७७/१२/३१ सम्म, चक्रबहादुर बुढा—०७८/०१/०८ देखि २०७८/०९/२९ सम्म, झक्कप्रसाद आचार्य२०७८/०९/३० देखि २०७९/०५/१२ सम्म, श्यामकृष्ण थापा२०७९/०६/०६ देखि २०८०/०४/१७ सम्म, दीर्घबहादुर पोखरेल ०८०/०४/३१ देखि २०८०/०८/२० सम्म, रमेश न्यौपाने २०८०/०८/२१ देखि २०८०/१२/०४ सम्म, विष्णुप्रसाद पौडेल—०८१/०१/२७ देखि जेठ १३ सम्म बसे ।

बिज्ञापन

यस्तै नयाँ अर्थ सचिवका रूपमा रविलाल शर्मा आइतबार नै हाजिर भएका छन् । ०८० मङ्सिर २१ गते अर्थ सचिव भएर आएका रमेश न्यौपाने गत चैत ४ गते सरुवा लिएर काठमाडौँ फर्किएपछि अर्थ मन्त्रालय सचिवविहीन बन्यो । सचिव नहुँदा आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया नै सुरु हुन सकेन । पौडेलले आएर बजेटको सिलिङ वितरण गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष