मह जोडीले अष्ट्रेलियाबाट मागे माफी

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । अदालतमा विचाराधिन मुद्धामा मुख खोलेका चर्चित हास्यकलाकारद्धय मदनकृष्ण हरिवंशले अष्ट्रेलिया पुगेर उक्त प्रकरणमा माफी मागेका हुन ।
यस अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति सार्वजनिक गरिएको धारणामा व्यापक आलोचना खेप्न परेपछि उनीहरुले उक्त गल्ती सच्याउँदै माफी मागेका हुन ।

बिज्ञापन

एक एफएममा दिइएको अन्तर्वार्ता विवादमा परेपछि अष्ट्रेलियामा रहेका उनीहरुले आज भिडियो सन्देश जारी गर्दै हतारमा प्रतिक्रिया दिँदा आफूहरुबाट त्रुटी भएको बताएका हुन् ।

बिज्ञापन

अस्ति हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं,त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । मदनले भनेका एउटा मुडमा बसिरहेको बेला अपर्झट बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं, के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा हामीबाट केही त्रुटि हुन गएको महसुस भएको छ ।
यस्तै,हरिवंशले पनि त्रुटी स्वीकार गर्दै दर्शकहरुलाई माफी दिन अनुरोध गरेका छन् । अदालतमा विचाराधीन मुद्धामा बोलेर गल्ती भएको उनको भनाई छ । भनेका छन्,अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए पनि हुन्थ्यो । हामीबाट यो त्रुटि भयो । हामीलाई आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । र यो पनि सबै कुरा बिर्सिएर माफी दिनहुन अनुरोध गर्छौं ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष