उपसचिवसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल भ्रष्टाचारमा तानिएका छन् ।

बिज्ञापन

नदीजन्य पदार्थको उत्खनन ठेक्का दिँदा कानून मिचेर आर्थिक अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुद्दा चलाइनेमा तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा, इञ्जिनियर विजयकुमार खत्री, सब–इञ्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै, सहलेखापाल छविलाल सुनार छन् ।

त्यस्तै, न्यून हरि निर्माण सेवाका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्स्ट्रक्सनका प्रोपाइटर नवराव ढकाल, एञ्जल कन्स्ट्रक्सनका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्रीउपर पनि मुद्दा दर्ता गरिएको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७६/०७७ मा भेंरीनदी गोछेखोला, छिन्चुखोला र डुङ्गिखोलाको नदीजन्य पदार्थ ९ढुंगा(बालुवा० उत्खनन, संकलन तथा बिक्रीको ठेक्का प्रचलित कानूनी व्यवस्था वा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा उनीहरुले आपसी मिलोमतोमा धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी ठेक्काको अवसर दिएको खुलेको थियो । जसका कारण ३६ लाख ७८ हजार ५४३ रुपैयाँ राजस्व रकम गुमेको अख्तियारको ठहर छ ।

अदालतमा दायर आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम उक्त रकम जफत गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष