दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं साधारण सभा एकैपटक डाकेको हो ।

बिज्ञापन

उक्त सभा आगामी असार ११ गते काठमाण्डौको चण्डालमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुनेछ । कम्पनीले दुवै आवका लागि लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

बिज्ञापन

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

उक्त सभामा २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

बिज्ञापन

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष