वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।

बिज्ञापन

पक्राउमध्ये बिशालले अमेरिका पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको  हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष