कर्मचारीले चोरे पशुपतिनाथको भेटी,कोषाध्यक्षकै निर्देशनमा दैनिक चोर्ने गरेको खुलासा

पवित्र धार्मिक तिर्थस्थल पशुपतिनाथलाई त्यहीका कर्मचारीबाट बचाउनु पर्ने स्थिति आएको छ । सुन जलहरी काण्डमा मुछिएर बदनामी कमाएका पशुपति क्षेत्र विकास कोषकै केही कर्मचारीहरु त्यहाँको भेटी चोरीमा संग्लग्न रहेको भेटिएको हो ।

बिज्ञापन

पशुपतिनाथ मन्दिरको भेटी चोर्दाचोर्दै एक कर्मचारी रंगेहात पक्राउ परेका छन् । कोषको बाजा बजाउने काम गर्दै आएका अनिल परियारलाई सोमबार रंगेहात पक्राउ परेका हुन ।
पक्राउ परेका परियारले पशुपति क्षेत्र विकास कोष कोषाध्यक्षसहित तीन जनाको नाम पोलेका छन् । रंगेहात पक्राउ परेका परियारले आफूले विगत तीन/ चार महिनादेखि मन्दिरको भेटी चोरी गर्दै आएको र हरेक दिन १५ हजार जति भेटी चोर्दै आएको बताएका छन् । कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, नवराज ढोडारी र नवराज घिमिरेलगायतको निर्देशनमा पशुपतिको भेटी चोर्दै आएको र सो वापत आफूलाई दिनको १५ सय मिल्ने गरेको पनि बताएका छन् ।

बिज्ञापन

परियारले पोलेका सुवेदी राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी समेत हुन उनी ७८ पुसदेखि कोषको कोषाध्यक्षको जिम्मेवारीमा छन् । त्यस अघि उनी एक नीजि टेलिभिजनको सञ्चालक समिति सदस्य तथा कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारलाई रंगेहात पक्राउ गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भेटी चोरी पक्राउमा प्रहरीले अनिलसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशालामा राखेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष