कोलकोत्तामा ढुङ्गाना,भट्टलाई ग्वोन्जाओ

चार वटा महावाणिज्यदूतावासमध्ये भारत र चीनमा नयाँ महावाणिज्यदूत पठाउने तयारी चल्दैछ ।

बिज्ञापन

चीनको ग्वोन्जाओ, हङकङ, ल्हासा र कोलकोत्तामा महावाणिज्यदूतावास रहेको छ । जसमध्ये ग्वान्झाओ ६ महिनादेखी महावाणिज्यदूतविहिन छ । यस्तै आगामी असार अन्तिममा कोलकताको महावाणिज्यदूत ईश्वर पौडेल कार्यकाल सकिँदैछ । सरकारले यी दुई निकायमा हालैमात्र परराष्ट्र मन्त्रालयमा भित्रिएका सहसचिवलाई महावाािण्ज्यदूत बनाएर पठाउने गृहकार्य थाल्दैछ ।

बिज्ञापन

गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद्को बैठकद्वारा परराष्ट्रमा सरुवा गरिएकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रशासन महाशाखा हेर्ने सहसचिव नारायणप्रसाद भट्ट र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानालाई उत्तर र दक्षिणको महावाणिज्यदूत बनाएर खटाउन लागेको हो । भट्टलाई ग्वान्झाओ र ढुङ्गानालाई कोलकातामा महावाणिज्यदूत नियुक्त गरिने बुझिएको छ । परराष्ट्रअन्तर्गत आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्त गर्न ढिलाई भएपछि उनीहरुको सरुवा गरिएको थियो । उनीहरुलाई महावाणिज्यदूतमा छिट्टै नै नियुक्ति गरिने परराष्ट्र स्रोतले जनाएको छ ।
यता ल्हासामा महावाणिज्यदूत चलाइरहेका नवराज ढकाल र हङकङमा महावाणिज्यदूतमा उदय राना छन् । यी दुबै नुवाकोटे हुन र आगामी कार्तिक अन्तिममा कार्यकाल पूरा गरेर फर्किएसँगै ती स्थान पनि रिक्त हुँदैछन् ।

यता,हालै परराष्ट्र पुगेपछि भट्टको ठाउँमा जिल्ला प्रशासन कार्यालय,पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यलाई ल्याउने तयारी भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष