स्नातकोत्तर तह प्रथम बर्षको परीक्षा आवेदन खुल्यो 

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्षको आंशिक तथा प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।

बिज्ञापन

परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालको २०८१ सालमा संचालन हुने स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय र एम.पि.ए. तर्फका आंशिक तथा प्राइभेट परीक्षार्थीहरुले आ-आफ्‌नो क्याम्पसमा मिति २०८१ साल जेष्ठ २ गतेदेखि २०८१ साल जेष्ठ ३१ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित आवेदन फाराम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको हो ।

बिज्ञापन

काठमाडौं उपत्यकाका क्याम्पसहरुले त्रि.वि.प.नि.का. को नाममा बैंक भौचर २ दिन भित्र परीक्षा आवेदन फाराम सहित अनिवार्य रुपमा त्रि.वि.प.नि.का., बल्खुमा बुझाई सक्नुपर्नेछ । उपत्यका बाहिरका क्याम्पसहरुले उक्त बैंक भौचर बनाएको ४ दिन भित्र परीक्षा आवेदन फाराम सहित क्षे.प.नि.का. को हकमा सम्बन्धित क्षेत्र.प.नि.का.मार प.नि.का. क्षेत्रका उपत्यका र बाहिरका क्याम्पसहरुले त्रि.वि.प.नि.का., वल्खुमा बुझाई सक्नुपर्नेछ ।परीक्षा फारामहरु बुझाउँदा सम्बन्धित प.नि.का.मा बैंक भौचर सहित सर्वप्रथम लेखा शाखामा फाराम रुजु गराएर सम्बन्धित शाखामा बुझाउनु पर्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष