निजामती सेवामा थारु समुदायलाई छुट्टै आरक्षण

निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने भएको छ । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने जबाफ दिएका हुन ।

बिज्ञापन

प्रतिनिधिसभाको आज बसेको बैठकमा सबाल जबाफको क्रममा सासंद कल्पना थारुले निजामती सेवामा थारु समुदायलाई आरक्षणको सबालमा जिज्ञासा राखेकी थिइन ।  चौधरीले थारु समुदायलाई निजमती सेवामा छुट्टै व्यवस्था नगरेर राज्यले उपेक्षा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेकी थिइन । जबाफमा प्रधानमन्त्री प्रचण्डले थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने बताएका हुन ।

बिज्ञापन

‘थारु समुदायलाई छुट्टै आरक्षणको व्यवस्थासहितको राष्ट्रिय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरिसकिएको छ । ‘मौलिक हकको भावना तथा मर्म सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन हुनेगरी थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने जानकारी गराउँछु’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष