आयल निगमको कार्यकारीको कुर्सीमा भट्ट पुग्ने पक्कापक्की

नेपाल आयल निगमको कार्यकारी निर्देशकका सर्ट लिष्टमा तीन जना छनौंट भएका छन् ।

बिज्ञापन

कार्यकाल बाँकी छँदै उमेश थानीले राजीनामा दिएर हिडेसँगै रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आयल निगमले पुस ७ गते दरखास्त आह्वान गरेको थियो ।
आयल निगमको कार्यकारी खानका लागि १४ भाइले आवेदन दिएका थिए । जसमा गोर्खाका चण्डिकाप्रसाद भट्टसहितका मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, , लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा। डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–८, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् ।
यीमध्येबाट तीन जनाको नाम सर्ट लिष्टमा परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसार आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको हो। समितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम वर्णानुक्रमका आधारमा मन्त्रालयसमक्ष सिफारिस गरिएको छ।

बिज्ञापन

पहिलो नम्बरमा छ चण्डीका भट्ट,दोश्रोमा डोलप्रसाद चापागाई र तेश्रोमा शत्रुध्न प्रसाद पुडासैनी सर्ट लिष्टमा परेका छन् । काँग्रेसको नेतृत्वसँग अति निकट देखिएका र चतुर खेलाडीका रुपमा चिनिएका भट्ट नै आयल निगमको कार्यकारीको कुर्सीमा पुग्न सक्ने देखिएको छ,सर्ट लिष्ट हेर्दा ।

अब मन्त्रालयको सिफारिसमा मन्त्रिमरिषदको बैठकले यी तीनजना उम्मेदवारमध्ये एकजनालाई आयल निगमको कार्यकारी निर्देशनमा नियुक्त गर्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष