नीति अनुसन्धान प्रतिष्ठानमा शर्मा नियुक्त

 

बिज्ञापन

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा डा लेखनाथ शर्मा नियुक्त भएका छन् ।६ महिनादेखि रिक्त रहेको नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रा डा लेखनाथ शर्मा नियुक्त भएका छन् । राष्ट्रले अख्तियार गर्नुपर्ने नीतिका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सिफारिस गर्ने थिंकट्यांक (विशेषज्ञ समूह) संस्था नीति अनुसन्धान प्रतिष्ठान गत फागुनदेखि नै रिक्त रहेकोमा ६ महिना पछि बल्ल नेतृत्व पाएको हो ।तीनवर्षे कार्यकाल सकेर अघिल्ला कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेती गत वर्ष १९ फागुनगतेदेखिद बिदामा बसेदेखि उक्त संस्था नेतृत्वविहिन अबस्थामा थियो ।

बिज्ञापन

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको हो । यस अघि खुला विश्वविद्यालयका उपकुलपति चलाइसकेका शर्मालाई आज बसेको क्याविनेटले थिंक ट्यांकको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्रतिष्ठानमा अझैं अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ताको दुई–दुईजनाको दरबन्दी खाली छ । प्रतिष्ठानमा वरिष्ठ अनुसन्धानकर्ता, अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ता ६–६ जना र विश्लेषक चारजनाको दरबन्दी छ । त्यस्तै, प्रशासनतर्फका दुई वरिष्ठ सहायकको पनि दरबन्दी खाली छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष