ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्स म्यागाजिनले दियो अवार्ड, उत्कृष्ट बैंकका रुपमा सम्मानित

काठमाडौं। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंक छनोट गरी ग्लोबल आइएमईलाई सम्मानित गरेको हो।विश्वसनियता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ लगायत मापदण्डका आधारमा ग्लोबल फाइनान्स म्यागाजिनले आफूलाई नेपालको उत्कृष्ट बैंक ठहर्‍याएको ग्लोबल आइएमईले सोमबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

बिज्ञापन

ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने नेपालको पहिलो बैंक हो।ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’का रुपमा पाएको सम्मानले आगामी दिनमा रचनात्मक सेवा प्रदान गर्न थप उत्साहित गरेको बैंकले जनाएको छ।

बिज्ञापन

म्यागाजिनले एसिया प्यासिफिक, अफ्रिका, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको छ।हङकङको एचएसबीसी, अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन, मलेसियाको मे बैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड, फिलिपिन्सको मेट्रो लगायत बैंक सम्मानित भएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष