क्या गजब छ !

तिमी ठूलो छौ,
तिम्रोभेष ठूलो छ,
त्यस्तै परिवेश छ।
देशभित्रका
फाँटमा हेर,
टारमा हेर!
जताततै
तिमीले बनाएको कुलो छ।
त्यस्तै,
सदुपयोगै सन्दर्भमा
यहाँ फेरि हर घाँस
औषधिमूलो भएको छ!
को गएको छ र विदेश ?
केही गएका भए पनि ठिकै छ,
प्रतिस्पर्धा घटेको छ,
ऎस आराम बढेको छ
राजनैतिक ठूलो पदमा पुग्ने
एकाधले बाहेक
कसले थोरै पढेको छ?
त्यसैले त यहाँ,
जननिर्यात बढेको छ।
सुदृढ व्यापर छ !
निर्यात आयतको
क्या राम्रो अनुपात छ!
क्या राम्रो हात र बात छ!
क्या राम्रो साथ र नाक छ!
क्या राम्रो कान, मन,
मस्तिष्क र आँखा छन् !
राम्रो शरीर छ,
शरीर ठूलो छ।
किनकि,
यस शरीरको
पाउदेखि शिरसम्म
जताततै फूलो छ।
यसकै बढुवा गर्ने
औसधिमूलो छ।
कति राम्रो!
आहा!
हर चिज ठूलो छ!
जताततै देशमा कुलो छ।
तिम्रो देशमा
आहा!
क्या गजब छ!
क्या गजब छ!!

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष