कालोसूचीमा पर्न लागे २७ ठेकेदार कम्पनी

प्रधानमन्त्री तथा मीन्त्रपरिषद् मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक २७ ठेकेदार कम्पनीलाई कलाोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।
कार्यालयले इसा कन्स्ट्रक्सन,बीरगञ्ज,शिवाणी इन्टरप्राइजेज,वीरगञ्ज,एच एण्ड जे ट्रेर्डस,जिसी ब्रर्दस कन्स्ट्रक्सन,प्रंशसा कन्स्ट्रक्सन,ऊर्जा इन्फ्रा एन्ड कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा,चन्द्र सुर्य निर्माण सेवा,कुशभ निर्माण सेवा, यूआरसी कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा, देउती बज्यै निर्माण सेवा एन्ड ढुवानी सेवा, आयुष निर्माण सेवा तथा महादेव अर्डर सप्लायर्स, भारत कन्स्ट्रक्सन, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

बिज्ञापन

यस्तै देवनारायण पवन कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा, खम्पाचे शेर्पा निर्माण सेवा, देउती कन्स्ट्रक्सन प्रालि, एड्भेन्चर जेवी जेभी, शंकरमाली निर्माण सेवा, बराह निर्माण सेवा, दीपमाला निर्माण सेवा, विभोर निर्माण सेवा, बीएस भैरवशक्ति निर्माण सेवा र युसव कन्स्ट्रक्सनलाई पनि स्पष्टीकरण सोधेको छ । कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्रसूर्य निर्माण सेवालाई दोहोरो स्पष्टीकरण सोधिएको छ । काठमाडौं बुद्धनगरमा रहेको उक्त ठेकेदार कम्पनीलाई प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई भैंसेपाटी र गजुरी, धाडिङले गरेको सिफारिसका आधारमा चन्द्रसूर्यलाई कालोसूचीमा राख्न स्पष्टिकरण सोधिएको हो ।

बिज्ञापन

कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ । सार्वजनिक निकायहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः ७ दिनको म्याद दिएर लिखित स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष