संघीय निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव

संघीय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव गरेका छन । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव हालेका कतिपय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम परिवर्तनको प्रस्ताव गरेका छन् ।

बिज्ञापन

गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय दिएका थिए । उक्त समयभित्र १५८३ वटा संशोधन प्रस्ताव परेको छ । उक्त विद्येयकमा २२ वटा संशोधन प्रस्ताव दर्ता भएका बाँकी इमेलमार्फत संशोधन प्रस्ताव परेको संघीय संसद सचिवालयले जनाएको छ ।

बिज्ञापन

सोही प्रस्तावमध्ये विभिन्न ६ वटा प्रस्ताव संघीय निजामती सेवा ऐनको नाम परिवर्तनका लागि संशोधन प्रस्ताव परेको संघीय संसद सचिवालयले जनाएको छ । जसमा सार्वजनिक सेवा ऐन, नागरिक प्रशासन सेवा ऐन, राष्ट्रसेवक कर्मचारी सेवा ऐन, देश र जनताको सेवा गर्ने कर्मचारी सेवा ऐन, संघीय नागरिक सेवा ऐन र संघीय सार्वजनिक सेवा ऐन लगायत रहेका छन् ।
काँग्रेसको तर्फबाट सार्वजनिक सेवा ऐन,नेकपा एकीकृत समाजवादीका सांसदहरूले नागरिक प्रशासन सेवा ऐन,नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले राष्ट्रसेवक कर्मचारी सेवा ऐन,नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले देश र जनताको सेवा गर्ने कर्मचारी ऐन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संघीय सार्वजनिक सेवा ऐन बनाउनु पर्ने प्रस्ताव राखेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष