तीन लाख घुस प्रकरणमा तीनविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस प्रकरणमा जोडिएका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दाय गरेको छ ।
अख्तियारले आज विशेष अदालतमा दुई जना कर्मचारी र एक कन्सल्टेन्सी सञ्चालकलाई भ्रष्टाचार मुद्धा दायर गरेको हो । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पोखरा महानगरपालिकाका इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनीयर बराल, सब इन्जिनीयर उषाकिरण रोकाया र कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

उनीहरूलाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिइएको थियो । बाँकी २ लाख सुरज कुँवरमार्फत लिई उषाकिरण रोकायाको खातामा जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ ।

उनीहरूविरुद्ध घुस रकम बराबर बिगो कायम गरी बिगोबमोजिम जरिवानाको समेत मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष