एकै पटक सशस्त्रका १६ डिजाइजी र १८ एसएसपीको सरुवा

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजीको सरुवा गरेको छ। गृहले सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ जना एसएसपीको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा भएकामा डिआइजीमा कमल गिरीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान,गणेश बहादुर ठाडाको गढीमाई बाहिनी, अभि  कुमार खत्रीले विन्ध्यवासिनी बाहिनी,कुल बहादुर नेम्वाङको मुक्तिनाथ बाहिनी, दुर्गा प्रसाद भट्टराईलाई  महेश्वरी बाहिनी, शम्भु सुवेदीको बराह बाहिनीमा सरुवा भएका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार, कालिदास धैवाजीको छिन्नमस्ता बाहिनी, कुमार न्यौपानेलाई सचिवालयमा, लक्ष्मण बहादुर सिंहको सीमा सुरक्षा विभाग, प्रदीप कुमार पालको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएको छ । त्यस्तै सुरेश कुमार श्रेष्ठको मानवश्रोत विभाग, अन्जनी कुमार पोखरेलको स्टाफ कलेज र दिपेन्द्र शाहको मानवश्रोत विभागमा सरुवा गरिएको छ ।

सरुवाको सूची अनुसार,मनिष थापालाई बराह बाहिनीमा खटाइएको छ भने प्रकाश थापा महेश्वरी बाहिनी पुगेका छन् । यस्तै विष्णुप्रसाद भट्ट एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा पुगेका छन् । सुधिरजंग थापा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा खटाइएको छ भने किरण बस्नेत सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा आइपुगेका छन् ।

बिज्ञापन

माधवप्रसाद पौडेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन, उद्धव बहादुर न्यौपानेलाई वैद्यखाना बाहिनी, राजेन्द्र खड्का यु एन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा पठाइएको छ । नरेन्द्र सेनको पशुपतिनाथ बाहिनी, शंकर खनालको कार्य विभागमा सरुवा गरिएको छ ।

त्यस्तै राजेश उप्रेतीको कार्य विभाग, रबिन राज कर्णजितको नेपाल पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ, भरत खानियालाई भण्डार महाशाखा, रमेश कुमार पाण्डेलाई खेलकुद तथा शारिरीकक सुगठन शिक्षालय काठमाण्डौ र सूर्य बहादुर वलीको छिन्नमस्ता बाहिनीमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष