४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये २ निर्दाेष,२ लाई ८ महिना कैद

४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये विशेष अदालतले दुईलाई दोषी करार गर्दै सजाय सुनाएको छ । दुईलाई निर्दाेष ठहर गरेको हो । गत असारमा ग्रामिण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ झापा (दमक)का चार जना कर्मचारी चार लाख घुससहित अख्तियारले पक्राउ गरेको हो ।ती मध्ये दुईलाई दोषी र दुई निर्दाेष भएको विशेषले फैसला सुनाएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र इटहरीबाट खटिएको संयुक्त टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाइ झापा (दमक)का आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई पक्राउ गरेर अख्तियारले गत वर्ष ७ साउनमा मुद्दा चलाएको थियो।

बिज्ञापन

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरेवापत घुस रकम माग गरेका थिए। घुस रकम लिइसकेको अवस्थामा दमक नगरपालिका–५ आदर्श टोलस्थित कार्यालयको कम्पाउण्डबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये दुई कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् ।आठ महिना अघि ४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये विशेषका न्यायधीशत्रय तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले दुई जनालाई सफाइ र दुईलाई आठ- आठ महिना कैद सजाय सुनाएको हो ।

सफाइ पाउनेमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाइ झापाका आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान र इन्जिनियर धर्मेन्द्रकुमार झा रहेका छन् । यस्तै आयोजनाका इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाइै दोषी ठहर गरेको हो । ठेक्का सम्झौताअनुसारको निर्माण कार्यको अन्तिम बिल भुक्तानीबापत चार लाख रुपैयाँ घुस लिएको ठहर विशेषले गरेको छ।

बिज्ञापन

उनीहरूलाई आठ–आठ महिना कैदका साथै जनही दुई लाख रुपैयाँ बिगोबराबर जरिवाना हुने फैसला भएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष