भ्रष्टाचारका पाँच मुद्धामा उपसचिवलाई एकै पटक सफाइ

फरक फरक पाँच वटा भ्रष्टाचार मुद्धा खेपिरहेका उपसचिवले सबै मुद्धामा सफाइ पाएका छन् ।कार्यसम्पन्न नहुँदै रकम भुक्तानी गरेको, सामुदायिक भवन निर्माण, खेल मैदान, संग्रहालय भवन निर्माण, सडक ढलानजस्ता कार्यमा अनियमितता गरेको अभियोगमा भ्रष्टाचार मुद्धा खेपिरहेका ती उपसचिवलाई विशेष अदालतले सबै मुद्धामा क्लिन चिट दिएको हो ।

बिज्ञापन

विशेष अदालतले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई विभिन्न पाँचवटा मुद्धामा एकै पटक सफाइ दिएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ३ जेठमा र २४ साउनमा गैरकानुनी लाभका दुई मुद्दा र २० असार २०८० मा झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै थप तीन मुद्दा दायर भएका थिए। कार्यसम्पन्न नहुँदै रकम भुक्तानी गरेको, सामुदायिक भवन निर्माण, खेल मैदान, संग्रहालय भवन निर्माण, सडक ढलानजस्ता कार्यमा अनियमितता गरेको अभियोग उनीमाथि थियो । यी सबैमा मुद्धामा विशेष अदालतले सफाइ दिने फैसला भएको हो।

सोमबार यी पाँचै मुद्दा विशेषका अध्यक्ष टेकनारायाण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासमा परेका थिए। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै जयसवालसमेतका प्रतिवादीलाई सफाइ दिएका हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष