उपसचिवमाथि जबरजस्त करणीको मुद्धा

कुनै समय निजामती सेवाको छुट्टै सान र सम्मान थियो । अहिले कर्मचारी र भ्रष्टाचार एक अर्काको पर्याय बन्न पुगेको छ । हुँदाहुँदै कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ । यस्तै बदमासीमा डामिएका छन् अर्काे उपसचिव,जो काण्ड छरपष्ट भएपछि फरार छन् ।

बिज्ञापन

यस्तो बदमासीमा डामिएका उपसचिव हुन रुपेशकुमार साह । ५ वर्षदेखि उनी मुख्यमन्त्री कार्यालयमा निमित्त प्रमुख सचिव, प्रवक्ता र सूचना अधिकारीका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । उनका लागि सरकारले क्वार्टर उपलव्ध गराएको थियो । सोही क्वार्टर नजिकै डेरा गरेर बस्ने साथीको श्रीमतीलाई जर्वजस्त करणी गरेको आरोप साहमाथि लागेको छ । गत फागुन १८ गते आफ्नो सहकर्मी गाँउ गएको मौका पारेर उनले साथीको श्रीमतीलाई जर्वजस्त करणी गरेको उजुरी प्रहरीमा दर्ता भएको छ । जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध  उजुरी परेसँगै प्रहरीले साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

बिज्ञापन

यही करणी गरेको भिडियो बनाएर ब्याल्कमेल गर्दै पटक पटक ती महिलालाई बलत्कार गरेको र गर्भ बसेसँगै गर्भ पतन समेत गराइएको उजुरीमा आरोप छ । प्रहरीमा जबरजस्ती करणी मुद्दा दायर भएसँगै फरार भएका छन् ।

यस्तै बदमासीमा डामिएका एक हाकिम हरिकुमार पोखरेल जेलमा पुगेका छन् । चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीले कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।उनले ३५ बर्षीया कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेका र गर्भ बसे पछि गर्भ पतनका लागि दबाब दिँदा अहिले प्रहरी हिरासतमा पुगेका थिए । उनले अदालतबाट सफाइ पाएका छन ।

बिज्ञापन

झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डमरु निरौलाले नगरपालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै विवादमा तानिएका डमरु निरौला जिम्मेवारी पाएर फर्किसकेको छन भने लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई समेत जिम्मेवरी दिएर मन्त्रालयले खटाइसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष