यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री दीपक मनाङेले यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका छन् । यातायात कार्यालयको अनुगमन गर्न पुगेका उनले काममा इमान्दारिता देखाउन आग्रह गरेका हुन् ।

बिज्ञापन

मन्त्री मनाङे सोमबार दिउँसो साढे एक बजे पोखराको पृथ्वीचोकस्थित मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, सवारी, कास्की पुगेका हुन् । उनले त्यहाँको सेवा प्रवाह र भौतिक पूर्वाधारको अवस्थाबारे कार्यालय प्रमुख डिल्लीराम रिज्यालसँग जानकारी लिए । त्यसपछि प्रमुख रिज्याललाई विद्युतीय हाजिरीको व्यवस्था गर्न र घण्टैपिच्छे हाजिरको व्यवस्था गर्न मन्त्री मनाङेले निर्देशन दिए । ‘कर्मचारी टाइममै आएनन् भन्ने गुनासो भएर आएको हो । ८ घण्टा हरेक घण्टा हाजिर गर्नपर्छ,’ उनले भने, ‘त्यो गर्‍यो भने ९ देखि ५ बजेसम्म बस्नैपर्छ ।’

बिज्ञापन

मन्त्री मनाङेले चाहिँ अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष