अर्थ सचिवको जिम्मेवारी मरासिनीलाई

 

बिज्ञापन

सरकारले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ । हालका अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थ सचिवको जिम्मेवारी मरासिनीलाई दिएको हो । आज बिहान बसेको क्याविनेट बैठकले अर्थ सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर हालै भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट क्लि चिट पाएका मरासिनीलाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको हो ।

बिज्ञापन

नेशनल पेमेन्ट गेटवे सम्बन्धी भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट क्लि चिट पाएसँगै मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ भने अर्थ सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

सचिव मरासिनीलाई अख्तियारले गत १५ असोजमा भ्रष्टाचार मुद्धा चलाएको थियो । नेशनल पेमेन्ट गेटवेमा भएको २३ करोड भ्रष्टाचार मुद्धामा तत्कालीन उद्योग सचिव मरासिनीसहित निमबहादुर ओली, रामबहादुर बुढा, सफल श्रेष्ठ, सञ्जय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामशरण गायक र सुनील पौडेल लगायतले भ्रष्टाचार गरी नेपाल सरकारलाई २३ करोड रुपैयाँभन्दा बढी हानि–नोक्सानी पु¥याएको भन्दै विशेषमा मुद्दा चलाएसँगै निलम्बनमा परेका उनीसहित ८ लाई विशेष अदालतले क्लिन चिट दिएसँगै मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो । बजेट निर्माणको मुखमा सरकारले कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँ मरासिनीलाई ल्याएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष