मन्त्रिपरिषद्को बैठक बस्दै, २७ सहसचिव सरुवा हुन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक आज बिहान १० बजे बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

बिज्ञापन

आजको बैठकमा नियमित एजेण्डाका अलवा सहसचिव सरुवा हुन सक्ने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साता अघि नै २७ सहसचिव सरुवाको सूची बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको जनाएको छ । सामान्य प्रशासन स्रोतका अनुसार,सामान्य प्रशासन मन्त्रालयले २७ जना सहससचिव सरुवाको प्रस्ताव पठाएको हो । ती नाममा कति थपिने वा काटिने टुंगो छैन । सरुवाको सूचीमा राजस्व अनुसन्धान विभागको महानिर्देशक नवराज ढुंगना,पर्यटन विभागका महानिर्देशक चक्र बुढा,कलकत्ताको महावाणिज्यदूत ईश्वरराज पौडेल,भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाहरुको नाम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार,१० महिना अगाडि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका नवराज ढुंगानालाई हटाएर त्यहाँ सहसचिव चक्र बूढालाई लैजाने गृहकार्य चलिरहेको छ । ढुंगनालाई कोलकत्तामा महावाणिज्यदूतको रुपमा खटाउने सरकारको तयारी छ । त्यहाँ २०७७ साउन ५ गतेदेखि २० औँ महावाणिज्यदूतका रूपमा ईश्वरराज पौडेल कार्यरत छन्,उनलाई फिर्ता बोलाएर ढुंगनालाई त्यहाँ पठाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

सत्ता र सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । गठबन्धन परिवर्तन भएको महिना दिनमै २२ सचिवहरु सरुवा गरेको सरकारले सहसचिवहरूको नाडी छामिसकिएकाले सहसचिवको सरुवा गर्ने तयारी गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष