सूचना प्रविधि क्षेत्रको खलनायकविरुद्ध अर्काे मुद्धा चलाउँदै अख्तियार

नेपालको सूचना प्रविधि क्षेत्रका खलनायकका रुपमा चिनिएका विकल पौडेल तथा सुनिल पौडेल अहिले अख्तियारको हिरासतमा छन् । शुक्रवारमात्र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नेशनल पेमेन्ट गेटवेको भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेषले नेशनल पेमेन्ट गेटवे प्रकरणमा मुछिएका ९ मध्ये सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेषबाट यस्तो फैसला आएको तेस्रो दिन विकल पौडेलमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा आइतबार विशेषमा मुद्दा दायर गरेको हो । अमेरिकाको कानुनी स्थायी आवासीय अनुमतिपत्र लिएका विकललाई उक्त कुरा ढाँटेर सार्वजनिक पदमा नियुक्ति खाएको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आइटीका डन मानिएका सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्काे मुद्धा दायर गरेको हो । यस अघि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुलाई अख्तियारको हिरासतमा छन् । उनीहरुमाथि नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको, सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको आरोप लागेको छ ।

बिज्ञापन

त्यस्तै, विकल पौडेलको हकमा उनले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति (पीआर) समेत लिएको देखिएसँगै  पौडेललाई विशेष अदालतमा मुद्धा  दायर गरेको हो । यिनै विकलसँग अनुचित लेनदेनमा मुख्यसचिव बैकुण्ठ अर्याल जोडिएको प्रमाणसमेत सार्वजनिक हुँदा समेत अर्याललाई भने अख्तियारले सुन पानी छर्किदै आएको छ ।

राज्य सत्तालाई प्रभावमा पारेर सूचना प्रविधि क्षेत्रमा हालीमुहाली गर्दै आएका यी दुई यसअघि पनि भ्रष्टाचार मुद्दा खेपिसकेका पात्र हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष