‘महिला काण्ड’मा मुछिएका डिएसपीको पाँच ग्रेड रोक्का

जुन कार्यालयमा प्रमुख भएर बस्यो त्यही मदिरा सेवन गर्ने र अनैतिक हर्कतहरु गर्दै आएका एक डिएसपीलाई गृह मन्त्रालयले कारवाही गरेको छ ।

बिज्ञापन

गृहका कारवाहीमा परेका डिएसपी हुन भीमलाल भट्टराई । उनी हुम्लाको प्रहरी प्रमुख हुँदा रक्सी पिएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृह मन्त्रालयले कारवाही गरेको हो । । यसअघि २०७७ वैशाखमा समेत इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा डिएसपी भट्टराईको जिम्मेवारी खोसिएको थियो,उनको ।

बिज्ञापन

भट्टराई बुटबलको डिएसपी हुँदा समेत मातहतको निर्देशन नमानेको र मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको भेटाएपछि कारबाहीमा परेका थिए । मुख्यमन्त्रीको सवारीको बेला उपस्थित नभएको र बुझ्दा उनी मादक पदार्थ सेवन गरी बसेको खुलेको पछि त्यहाँबाट पनि जिम्मेवारी खोसिएको थियो । गृहले भट्टराइको पाँच ग्रेड रोक्का गरेको हो । छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि यस्तै घटनामा एसएसपी योगबहादुर पालले राजीनामा दिएका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष