यादैयादमा बाँची राछु

दिनगन्तीले भरीएको
ध्वनिभित्र सङ्गीत भर्दै
कहिले त्यो रूख
कहिले यो रूख गर्दै
बीच पाए बीचैमा
छेऊ भए छेवैमा
भुर्भुर उड्दै
फुर्फुर गर्दै
नाची राछु

बिज्ञापन

गित संगीत र नाचको जिन्दगी
सहि जिन्दगी लाग्ने हुनाले
हर जिम्मेवारी
र कर्तव्य भित्र
सँधै सँधै गितनै गित
गुन्जिएको देख्छु !
सङ्गितको ताल र सुर भेट्छु

बिज्ञापन

गित सङ्गितको माहोलमा
किन ननाच्ने भन्दै
आफूपनि नाच्छु
अरूलाई पनि नाच्न अनुरोध गर्छु।

नजानेपनि
हर सिठ्ठी र सुसेलिमा
लाठी मुङ्ग्रा र गुलेलिमा
बाँसुरी र मुरलिमा
पन्यालो वा बाक्लो जे होस्
ओसिलो वा शुष्क नै किन नहोस्
कम्मर मर्काईमर्काई
जिऊ ढल्काईढल्काई
हर दिन नाचेको छु
हर क्षण बाँचेको छु

बिज्ञापन

तिम्रो यादको धुनमा
यस्कै ताल र सुरमा
यस्कै ताल र सुरमा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष