एक पटकको पूरा चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काइवेलको नयाँ एसयुभी सार्वजनिक

बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। जी मोटर्सले बजारमा नयाँ कार ब्रान्ड ‘स्काइवेल’को बिक्री घोषणासँगै नयाँ मोडल सार्वजनिक गरेको हो। कम्पनीले बिहीबार एक कार्यक्रम आयोजना गर्दै स्काइवेल इटी५ सार्वजनिक गरेको हो।

बिज्ञापन

स्काइवेल इटी५ एक प्रिमियम लक्जरी एसयुभी हो। यसले एक पटकको पूरा चार्जमा ६२० किलो रेन्ज दिने कम्पनीको दाबी छ।

बिज्ञापन

यो गाडीमा ८५.६ किलोवाट आवरको लिथियम ब्याट्री प्याक दिइएको छ भने १५० किलोवाटको मोटर क्षमता पाउन सकिन्छ। यसमा ८ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी कम्पनीले दिने जनाएको छ।

स्काइवेल इटी५ले सिएनएपी सेफ्टी रेटिङमा ५ स्टार पाएको छ। कम्पनीले गाडीको विभिन्न विशेषतामध्ये सुरक्षालाई विशेष ध्यानमा राखेर निर्माण गरेको बताएको छ।

बिज्ञापन

स्काइवेल इटी५ ११ किलोवाटको केसी चार्जरबाट जम्मा ८ घण्टामा चार्ज हुन्छ भने ९० किलोवाटको डिसी फास्ट चार्जरबाट गाडीलाई डेढ घण्टामा चार्ज गर्न सकिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष