टेरामक्स प्रकरण: पूर्वकानुन सचिव ज्ञवाली पनि तानिए

दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवबाट अवकाश पाएका ज्ञवाली सहसचिव छँदा टेरामक्सका उपकरण खरिदको सुरुवाती चरणमै संलग्न रहेको पाइएको हो ।

बिज्ञापन

तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश)लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो ।अख्तियारले टेरामक्स प्रविधि घोटालामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनालसँग समेत बयान लिएको छ । यसरी हेर्दा टेरामक्स घोटलामा सञ्चार मन्त्रालयका ३ पूर्वमन्त्री, २ पूर्वसचिव, कानुन मन्त्रालयका १ पूर्वसचिव, सञ्चार मन्त्रालयका तत्कालीन १ सहसचिव, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वयको प्रत्यक्ष संलग्नता देखिन्छ । यी सूचना प्रविधि क्षेत्रको घोटालामा जोडिएका ठूला माछा हुन् । ठूला माछा समात्न अख्तियारले गर्ने हिम्मतलाई धेरैतिरबाट प्रशंसा हुँदै आएको छ ।

बिज्ञापन

टेरामक्स प्रविधि घोटालामा तत्कालीन सञ्चार सचिवहरु डा. बैकुण्ठप्रसाद अर्याल (हाल मुख्यसचिव) र महेन्द्रमान गुरुङ (हाल प्रमुख सूचना आयुक्त)सँग पनि अख्तियारले बयान लिइसकेको छ । त्यस्तै सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव विनोद प्रकाश सिंह (प्राकृतिक स्रोत तथा वित्त आयोग सचिव) र तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश)लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष