राजश्वको हाकिम फेरिँदै :-ढुंगनालाई कोलकत्ता,बूढालाई पुल्चोक

प्रधानमन्त्री कार्यालयले आफू मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तन गर्ने तयारी गरेको छ । १० महिना अगाडि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका नवराज ढुंगानालाई हटाएर त्यहाँ अर्काे सहसचिवलाई लैजाने गृहकार्य प्रधानमन्त्री कार्यालयले गरिरहेको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार गत असार १२ गते महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका ढुंगनालाई महानिर्देशकको जिम्मेवारीबाट हटाएर त्यहाँ सहसचिव चक्र बूढालाई लैजाने गृहकार्य चलिरहेको छ ।

बिज्ञापन

ढुंगाना प्रधानमन्त्री कार्यलयमा प्रधानमन्त्री पुष्पकमल दाहाल को निजी सचिव हुँदै राजश्व अनुसन्धान विभागको महानिर्देशको कुर्सीमा पुगेका थिए । उनलाई १० महिनामा त्यहाँबाट हटाएर कोलकत्तामा महावाणिज्यदूतको रुपमा खटाउने सरकारको तयारी छ । त्यहाँ २०७७ साउन ५ गतेदेखि २० औँ महावाणिज्यदूतका रूपमा ईश्वरराज पौडेल कार्यरत छन्,उनलाई फिर्ता बोलाएर ढुंगनालाई त्यहाँ पठाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

उक्त स्रोतका अनुसार ढुंगनाको ठाउँमा पर्यटन विभागबाट चक्र बूढालाई खटाउने तयारी चलिरहेको छ ।बूढाले यस अघि भन्सार विभाग,पर्यटन मन्त्रालय हुँदै केही महिनादेखि पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनैलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाउने तयारी चलिरहेको प्रम कार्यालय स्रोतले जनाएको छ । सम्भवत आजै बेलुका ढिलोमा भोलिसम्ममा तीन सहसचिव यता उता पारिन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उक्त स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष