सार्वजनिक पदाधिकारीलाई मंहगा उपचार लिन निषेध

जिल्ला प्रशासन कार्यालय, लमजुङले सार्वजनिक पदधारण गरेका व्यक्ति तथा पदाधिकारीलाई मदिरालगायत महँगा उपहार तथा कोसेली नलिन आग्रह गरेको छ ।

बिज्ञापन

जिल्लामा सार्वजनिक पदाधिकारीहरुसँगको औपचारिक तथा अनौपचारिक भेटघाटमा संलग्न मदिरालगायत महँगा उपहारहरु लिनेदिने गरेको गुनासो प्राप्त भएको भन्दै सिडियो कार्यालयले यस्तो अनुरोध गरेको हो ।

बिज्ञापन

सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयलले एक सूचना प्रकाशित गर्दै आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कामका लागि कुनै पनि राष्ट्रसेवक, परिवारको सदस्य वा अरु कसैद्धारा विभिन्न प्रकारका उपहार, कोसेली वा लाभ स्वीकार गर्न नहुने बताएका छन् ।

‘यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दण्डनीय भएकोले सो विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सबैमा अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ ।

बिज्ञापन

सिडियो कार्यालयले पदीय दायित्वसँग सम्बन्धित विषयमा कार्यालय परिसरभित्र वा बाहिर यस्ता गतिविधिमा संलग्न हुनु पनि आचारसंहिता विपरीतको कार्य भएको उल्लेख गर्दै यस्तो गतिविधिमा संलग्न भएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष