दुर्गमबाट सरुवा हुन अधिकृतले लगाए सरकारी निवासमै आगो

दार्चुलाको मार्मा गाउँपालिकाका प्रशासकीय अधिकृत रोशन अधिकारीले आफ्नो दुर्गमबाट सरुवा गराउने उदेश्यले सरकारी निवासमै आगो लगाएको खुलेको छ । गत ५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

बिज्ञापन

अधिकारीले फागुन २४ गते राती आफुमाथी आक्रमणको प्रयास भएको भन्दै र आफ्नो निवासमा आगो लगाएर नजिकै रहेको इलाका प्रहरी कार्यालय लटिनाथमा पुगेका थिए ।प्रमुख प्रशासकीय अधिकृत माथी नै आक्रमणको प्रयास भएको भन्दै उक्त घट्नाको चौतर्फी बिरोध समैत भएको थियो ।

बिज्ञापन

घट्ना लगत्तै २५ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टाेली घटनास्थलमा पुगेर लगातार ४ दिनसम्म अनुसन्धान गरि फर्किएको थियो । अधिकारी शुक्रबार डेढ लाख धरौटीमा छुटेका छन् । उनीपिरुद्ध आपराधिक उपद्रह मुद्दा दायर भएको थियो।

अधिकृतको तालिम सकिएपछि पहिलो पोष्टिङका रुपमा उनको गत भदौमा मार्मा सरुवा भएको थियो । वैदेशिक रोजगारसम्बन्धि छात्रवृत्तिमा उनले स्नातकोत्तर गर्ने अवसर पाएका थिए । त्यसका लागि उनले काठमाडौं सरुवा मागे । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेन । गाउँपालिकाले पनि सरुवाका लागि सहमति नदिदा उनी समस्यामा परे ।

बिज्ञापन

काठमाडौं घर भएका अधिकारी दार्चुलाको पनि सदरमुकामबाट आठ घन्टा टाढाको गाउँमा बस्न सकेनन् । त्यसपछि उनले सरकारी निवासमा आफैं तोडफोड गरी आगजनी गरे । गाउँपालिका बाट स्थानीय दर्ता नभई संचालन गरिएका क्रसर उद्योग र अवैध मदिरा विक्रिवितरण बन्द गर्नेबारे फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृतले पत्राचार आधारमा उनि माथी आक्रमणको प्रयास गरिएको भन्दै गलत प्रचार गरिएको थियो । तर प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफैले घट्ना गराएको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष