बजेटभन्दा बेरुजु दोब्बर

सुन्दा पनि हांसो लाग्ने कुरा नेपालको राजधानी काठमाण्डौंकै मुटुमा रहेको एउटा सरकारी कार्यालयको । त्यो पनि मन्त्री अध्यक्ष रहने राष्ट्रिय खेलकुद परिषदमा बजेट भन्दा बेरुजु दोव्वर रहेको भेटिएको छ । उक्त परिषदको बार्षिक बजेट रु १अर्व ९७ करोड ७७ लाख ४५ हजार रहेकोमा बेरुजु रु ३ अर्व ९८ करोड ९३ लाख ७७ हजार तीन सय अठार र ७७ पैसा पुगेको भेटिएको छ । सो बेरुजु मध्ये ९३ प्रतिशत असूल गर्नु पर्ने बेरुजु रहेको छ । यस आ व को अहिलेसम्ममा १ पैसा पनि असुलल हुन सकेको छैन । यसमा खेलकुद मन्त्रालयले समेत केही एक्सन नलिँदा खेलकुद परिषद्मा नेतृत्व लिएर बसेकाहरुलाई हाइसञ्चो हुने नै भयो ।

बिज्ञापन

उक्त निकायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३४३ वटा उजुरी हेल्लो सरकारमा ११५ वटा उजुरी र सतर्कता केन्द्रमा ९८ वटा उजुरी पनि फर्छ्योट हुन सकिरहेको छैन ।यसमा पनि राष्ट्रिय खेलकुद परिषद खेलकुद मन्त्रालय र खेलकुद मन्त्रीको मौनता विर्सन लायक छ । शरद चन्द्र शाहको पालामा चकचकी रहेको भएता पनि खेलकुदको धेरै विकास भएको थियो तर अहिलेका सदस्य सचिवहरु मनपरी गर्नमा शरद चन्द्र शाहलाइ माथ खुवाइरहेका खेलुकद मन्त्रालयकै एक पूर्व सचिवले कर्मचारी प्रेसलाई बताए ।
काम शुन्य छ, खेलकुद संरचना थप केही निर्माण भएका छैनन। विगार्ने वाहेक केही काम भएको छैन । खेलाडीको नाममा खेलकुद परिषदका कर्मचारी र नातेदार विदेश उड्ने सिलसिला रोकिएको छैन गैर खेलाडीलाइ विदेशको भिसा दिलाउन राष्ट्रिय खेलकुद परिषदले खेलकुद मन्त्रालयको सिफारिस पत्रको दुरुपयोग गरिरहेको छ । यस वारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरीको खात छ । शरद चन्द्र शाह पछि सदस्य सचिवको रुपमा रमेश सिलवालले केही राम्रा कामहरु गर्न खोजेका थिए । तर प्रचण्ड, खेलकुद मन्त्री महेश अथक गहतराज र युवराज लामा मिलेर उनलाइ पदवाट हटाए । यसरी राम्रो काम गरेकालाइ वीचमा हटाउन नहुने कुरा तत्कालीन सचिव कमल प्रसाद पोखरेलले राखेका थिए । तर उनलाइ खेलकुद मन्त्री महेश अथक गहतराजले दवाव दिए । खेलकुद मन्त्री महेश अथक गहतराजको सचिवालयको गलत क्रियाकलाप देखेर परेर सो वेलाका खेलकुद मन्त्रालयका कर्मचारी तथा साहित्यकार अमर अधिकारी मानसिक रुपले विक्षिप्त भै लामो समय विदामा बस्नु परेको कुरा उनले आफ्नो स्मरणात्मक लेखमा भनेका छन् ।

बिज्ञापन

रुकुमको मन्त्री भएको ठाउंमा रुकुमको कर्मचारी हुनु राम्रो हुन्छ भनी उनलाइ फोहोरको डुंगुरमा पठाइएको उनले भनेका छन् । रमेश सिलवाललाइ हटाइए पश्चात राष्ट्रिय खेलकुद परिषद धरासायी बन्दै गैरहेको छ। एउटा डटपेन किन्ने निर्णय पनि सदस्य सचिववाट हुने गर्दछ । कुनै पनि कर्मचारीलाइ अधिकार दिइएको छैन। कर्मचारीको वढुवा बृत्तिविकास अन्यौलमा छ । उपाध्यक्ष शिव कोइराला अधिकार विहिन छन् । खेलकुदका संरचनाहरु संरक्षण विहिन हुदै गैरहेका छन् ।
राष्ट्रिय खेलकुद परिषदको दुर्व्यवहारले नेपाल क्रिकेट संघ समस्यामा रहेको छ यसै कारणले यसपटक भएका सवै क्रिकेट प्रतियोगितमा र कमजोर टीम संग पनि नेपालको अपमानजनक हार भयो ।
नयां खेलकुद मन्त्रीले बजेट भन्दा ठूलो बेरुजु कम गर्न र राष्ट्रिय खेलकुद परिषदमा अभएका अनियमितता हटाउन कस्तो पहल गर्नुुहुन्छ खेलकुद क्षेत्र आशाका साथ हेरिरहेको छ। आफै अध्यक्ष भएको निकायमा यस्ता विकृति हुनु उहांको लागि शोभा नदिने विषय हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष