वडामा गुनासो सुनुवाई केन्द्र स्थापना गर्न सिंहदरबारबाट निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनगुनासो सम्बोधनका लागि सबै वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरी सोको जानकारी गराउन लिखित निर्देशन पठाएको छ ।

बिज्ञापन

त्यस्तै, मन्त्रालयले स्थानीय तहमा भएको हालसम्मको भौतिक एवम् वित्तिय प्रगति विवरणको लागि ताकेता गरेको छ । ‘चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १६१ मा सबै सरकारी सेवा प्रवाहको एकद्वार प्रणाली विकास गरिने र जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरिने व्यहोरा उल्लेख भएको छ । उक्त कार्यक्रमको कार्यान्वयनको लागि वडास्तरमा जनगुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरी सोको जानकारी यस मन्त्रालयलाई समेत गराउनुहुन…’, पत्रमा लेखिएको छ ।

बिज्ञापन

सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १६१ मा सबै सरकारी कार्यालयमा सेवा प्रवाहको एकद्वार प्रणाली विकास गरिने उल्लेख छ । त्यस्तै, जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्थासँगै हेलो सरकारलाई थप प्रभावकारी बनाउने भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष