जग्गाको कित्ता नम्बर फिल्डबाटै गायब

सार्वजनिक जग्गालाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नापी निरीक्षकसहित ५ जना अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

रुपन्देही स्थित नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीहरुले बुटवल उपमहानगरपालिका– १३ (साबिक बुटवल नगरपालिका– ९ ख) मा रहेको कित्ता नम्बर ४८६३ को जग्गालाई २०६३ असोज २९ मा ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कित्ता नम्बर ५९७८ र ५९७९ कायम गरी जग्गाधनी कै नाउँमा कायम गरेर सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको अभियोग आयोगको छ ।
सो प्रकरणमा नापी कार्यालय बुटवलका तत्कालिन नापी निरीक्षक ध्रुवराज मरासिनी भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मरासिनीसहित उक्त प्रकरणमा साथ दिने नापी कार्यालयका तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल, अमिन शौकत अलि खाँ, जग्गाधनीहरु नन्दबहादुर कालाथापा र मानप्रसाद श्रेष्ठविरुद्ध मुद्दा चलाएको अख्तियारले जनाएको छ । उनीहरुले आपसी मिलेमत्तोमा बुटवल नगरपालिका–९ खको सार्वजनिक जग्गा कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेर फिल्डबाट गायब बनाएको अख्तियारको दाबी छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम कैद र जरिवानाको मागदावी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष